सलोमी गुरुङलाई नेपाल आइडल बनाउन पोखरामा अभियान

पाेखरा | जेठ ७, २०८१

सलोमी गुरुङलाई नेपाल आइडल बनाउन पोखरामा अभियान

पोखरा:    गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन पोखरामा अभियान थालिएको छ । 


नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठसम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बनाउन पोखरामा सलोमी गुरुङ जिताउ अभियान सुरु गरिएको हो । 


पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन सलोमी गुरुङ जिताउ अभियानले पोखरामा आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै भोटको अपिलसमेत गरेको छ । 


नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठमा अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि बालकाशी गुरुङले बताईन् । 


‘यो ठाउँसम्म आउनका लागि उसकै बलबुताले, कलाले र मेहनतले हो’ प्रतिनिधि गुरुङले भनिन्, ‘अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं ।’


सानैदेखि गायनमा रुची राख्ने उनलाई परिवारको सहयोग नमिल्दा पाउनुपर्ने संगाीतिक उचाइ हात नपारेकोसमेत उल्लेख गरिन् । 


गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी थ्रुपै प्रतिभालाई जिताएकाले अब पालो सलोमीको रहेकोे उनको भनाइ थियो ।


सलोमी जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग उठाइरहेका छन् । सलोमी जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो ।


नेपाल आइडलको उत्कृष्ट आठमा पोखराबाट सलोमी गुरुङ र मानव परियार छन् । 


नेपाल आइडलको उत्कृष्ट आठमा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ । 


सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्